कम्पनीहरुले लाभांश धेरै देखाउन खोज्दा शेयरधनीलाई सास्ती


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कम्पनीहरुले लाभांश धेरै देखाउन खोज्दा शेयरधनीलाई सास्ती

शेयर बजारमा सूचीकृत केही कम्पनीले शेयरधनीलाई वितरण गर्ने लाभांशमा लाग्ने कर बापतको रकम शेयरधनीले नै तिर्नु परेपछि दोस्रो बजारका लगानीकर्ता हैरान भएका छन् । दोस्रो बजारमा लगानी गरेका साना लगानीकर्ताले थोरै लाभांश लिन कर तिर्नु परेपछि उनिहरुले सास्ती पाएका हुन् ।

सूचीकृत कम्पनीले शेयरधनीलाई वितरण गर्ने लाभांशमा कम्पनीले नै कर तिरेर बाँकी रहेको लाभांश शेयरधनीलाई वितरण गरे सहज हुने लगानीकर्ताहरु बताउँछन्।

ब्रोकर एशोशियसनका अध्यक्ष भरत रानाभाटले कम्पनीहरुले लाभांश धेरै देखाउन मात्र करबापतको रकम शेयरधनीलाई नै तिर्न लगाउने गरेको भएपनि कर बापतको रकम घटाएर कर तिरेर बाँकी लाभांश शेयरधनीलाई वितरण गर्ने प्रणाली लागू गनुपर्ने बताए। “लाभांशमा लाग्ने कर त शेयरधनीले नै तिर्ने हो त्यसमा दुइ मत छैन तर सजिलोको लागी कम्पनीले कर तिर्देर बाँकी रहेको पैसा शेयरधनीलाई दिए राम्रो हुन्छ” उनले भने।

मानौं कुनै लगानीकर्ताको एक सूचीकृत कम्पनीमा १०० कित्ता शेयर छ। उक्त कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गर्यो तर बोनसमा लाग्ने करबापतको रकम भने शेयरधनीलाई नै तिर्न भन्यो।

अब उक्त १०० कित्ता शेयरमा लगानीकर्ताले १ हजार रुपैयाँ बराबरको १० कित्ता शेयरमा लाग्ने ५० रुपैयाँ बराबरको कर तिर्न धाउनुपर्ने बाध्यता रहन्छ। ५० रुपैयाँको कर तिर्नुपर्ने उसलाई त्यहाँसम्म पुग्नलाई त्यो रकम भन्दा बढी खर्च हुन्छ । त्यसमाथि धेरै लगानीकर्तालाई त कहाँ गएर कर तिर्ने भन्ने समेत थाहा हुँदैन।

काठमाण्डौ उपत्यका भित्रका लगानीकर्ता भए त ठिकै छ धेरै खर्च नहोला तर बाहिरका लगानीकर्तालाई भने साँचै मार पर्छ। “त्यस्तो आफैले तिनुपर्ने कर तिर्न को जान्छ थाहा पनि हुँदैन लगानीकर्ता बरु नगद कुरेर बस्छन्” रानाभाटले भने

त्यसमा पनि आइपीओ भरेर १० कित्ता शेयर पाएका शेयरधनीहरुलाई झन् मर्कामा पर्ने गरेका छन् । १०० रुपैयाँको लाभांश लिन अर्को २०० रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहन्छ। काठमाण्डौ बाहिर गाउँका लगानीकर्ताले समेत आइपीओ अर्थात अन्य माध्यमबाट शेयरमा लगानी गरेका छन् । उनीहरुलाई त्यो १०० रुपैयाँ पाउन त्यो भन्दा धेरै रकम खर्च गरेर कर तिर्न आउनुभन्दा उक्त लाभांश नै मायाँ मार्नु उचित लाग्न सक्छ। यो प्रणाली वास्तवमै गलत भएको रानाभाटको बुझाइ छ।

Read More
  • MBL