उच्च ब्याज दिने कृषि विकास बैंकको ऋणपत्र बिक्रि खुला


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
उच्च ब्याज दिने कृषि विकास बैंकको ऋणपत्र बिक्रि खुला

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले आज माघ १४ गतेदेखि ऋणपत्र निष्काशन बिक्रि खुला गरेको छ ।  बैंकले एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँले हुन् आउने  २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो  ।

 कुल २५ कित्ता मध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई छुट्याइएको १० लाख कित्ताबाट ५० हजार कित्ता सम्हुक लगानी कोषलाई बाँडफांड भईसकेको बैंकले जनाएको छ।

यो ऋणपत्र ७ बर्षे अवधिको हुने र यसमा   १०.३५ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्न  बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । ऋणपत्रमा छिटोमा माघ १७ गतेसम्म र सो अवधिमा पुरै ऋणपत्र बिक्रि नभएमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक एनआईबिएल एसले जनाएको छ  ।

Read More
  • MBL