नेपाल बैंकको नाफासँगै अधिकांश सूचक घट्यो


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको नाफासँगै अधिकांश सूचक घट्यो

काठमाडौं  : सरकारी स्वामित्वमा रहेको नेपाल बैंकको आर्थिक वर्ष २०७६–०७७ को दोस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश सूचक घटेको छ । यसअवधिमा बैंकको खुद नाफा  १८.६०% ले घटेर १ अर्ब ३५ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ६८ करोड ३७ लाख १९ हजार रुपैयाँ रहेको छ ।
 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकोले पनि खुद नाफा घटेको हो । यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १३.३२% र २५% ले घटेको छ । यता, खुद नाफा घट्नुको असर बैंकको प्रतिसेयर आम्दानीमा देखिएको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३ पैसाले घटेर २७ रुपैयाँ ५७ पैसामा आएको छ । यसअवधिमा यसको प्रतिसेयर नेटवर्थ २९७ रुपैयाँ ५५ पैसा रहेको छ ।

Read More
  • EBL Ad news