काठमाण्डौ । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सूविधा दिंदै आएको सिटिजन्स बैंकले ग्राहकहरुलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारम्भ गरेको छ ।
यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहकहरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना ९९० महिना० पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा दोब्बर हुने गरी रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले देशभर फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट पाँच लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।








