कतारपछि भारतबाट भित्रिन्छ धेरै रेमिट्यान्स


Karobar Daily 2076-10-13


Karobar Daily

पालमा सबैभन्दा धेरै रेमिट्यान्स कतारबाट आउने गरेको छ भने कतारपछि छिमेकी मुलुक भारतबाटै बढी रेमिट्यान्स भित्रिने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार कतारपछि भारतबाटधेरै रेमिट्यान्स भित्रिने गरेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्ममा सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो रकम सो अवधिमा नेपाल आएको कुल रकमको १७.७ प्रतिशत हो । त्यसैगरी नेपाल रेमिट्यान्स धेरै पठाउने देशमा रहेको भारतबाट सो अवधिमा ४३ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यो रकम चालू आर्थिक वर्षको चार महिनामा आएको कुल रेमिट्यान्सको १४.२ प्रतिशत हो । चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ ।

Read More
  • Financial Notices