शेयर बजारमा हरियाली, सोमबार नेप्से २३.९५ अंकले बढेर १३००.६२ विन्दुमा


Financial Notices 2076-10-13


Financial Notices

सोमबार नेप्से २३.९५ अंकले बढेर १३००.६२ विन्दुमा आइपुगेको छ । यसअघि १३६० आसपासमा पुगेको नेप्से घटेर १२७६ अकंसम्म झरेको थियो । सोमबारको वृद्धिसँगै बजारले फेरि १३०० अंकलाई छोएको हो । यो मनोवैज्ञानिक रेखामा सूचक प्रवेश गरेसँगै लगानीकर्ता थप उत्साहित भएका छन् ।  १८० कम्पनीको ९१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २४ लाख ९ हजार २६२ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका सूचक बढेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै १७४.०३ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा पनि १८.०१ अंकको तेजी आएको छ ।
 खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ । यसको ८ करोड १४ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । यस दिन सबैभन्दा धेरै समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.७९% का दरले कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा जोशी हाइड्रोपावरका लगानीकर्ता छन् । यसको भाउ ३.०७% ले घटेको हो ।

 

Read More
  • Financial Notices