चार वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
चार वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । अहिलेसम्म ४ वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीमध्ये दुई वाणिज्य बैंकले नाफा बढाएका छन् भने दुईको नाफा घटेका छ । अहिलेसम्म एनआइसी एशिया, सानिमा, सिद्धार्थ र सिटिजन्स बैंकले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

एनआइसी एशिया र सानिमा बैंकको नाफा वृद्धि भएको छ । एनआइसी एशिया बैंकले पुस महिनासम्म २ अर्ब १ करोड ६२ लाख खुद नाफा गरेको छ । उक्त बैंकले खुद नाफा ३३.३९ प्रतिशतले बढाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोठ १४ लाख खुद नाफा गरेको थियो ।

सानिमा बैंकले पनि गत वर्ष भन्दा १६.८३ प्रतिशतले नाफा बढाएको छ । उक्त बैंकले पुससम्म १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकाले ९८ करोड २० लाख ८६ हजार खुद नाफा गरेको थियो।

अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका सिद्धार्थ र सिटिजन्स बैंकले नाफा घटाएका छन् । सिद्धार्थ बैंकको नाफा ४.०१ प्रतिशतले घटेको छ । उक्त बैंकले पुससम्म १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा सिद्धार्थ बैंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Read More
  • MBL