'प्रभु बैंकले एनसीसी बैंक गाभ्ने विषयले चर्चा पाएको छ'


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
'प्रभु बैंकले एनसीसी बैंक गाभ्ने विषयले चर्चा पाएको छ'

थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो । होटल व्यवसाय त्यसमा पनि स्वादिलो खाना खुवाउने भएकाले पनि सानो समुदाय भए पनि उनीहरुको आफ्नै शान र नाम पनि छ । भूपि शेरचनले देश विदेशमा चिनाएको मुस्ताङको थाकखोलालाई थकालीको पुस्तौनी थलोको रुपमा नै चिनिन्छ । होटल व्यवसायमा रमाउन नसक्ने लाहुर जान्छन् पैसा कमाउन ।     
     
 सामूहिक भावनाका कारण उनीहरुले विगत लामो समयदेखि ढुुकटी खेले र आर्थिक रुपमा सबैलाई सबल बनाउने लक्ष्यसमेत राखे । केहीले यसलाई अवैध पनि माने । ग्रामीण अर्थतन्त्रको विकासमा त्यसले महत्वपूर्ण योगदान दियो । एकाधबाहेक धेरै जसो थकाली सम्पन्न छन्, आर्थिक रुपमा । लाहुरे हुने र होटल व्यवसाय गर्न छाडेर अन्य पेशामा रमाउन खोज्ने थकाली कमै भेटिन्छन् । ती मध्येका एक हुन, अशोक शेरचन ।     
     
 लाहुरे हुने मोह त्याग्दा बैंक तथा वित्तीय संस्थाको प्रमुख हुने मेसो मिलेको हो, उनलाई । विसं २०२९ सालमा धौलागिरिको फेदमुनि बाग्लुङमा जन्मेका शेरचनलाई शङ्करदेव क्याम्पसमा पढ्न आउँदा नै सफलताको पहिलो खुट्किलो बन्न पुग्यो –‘नस्टाल्जिक’ हुँदै शेरचनले सुनाए ।     

...

Read More
  • MBL