अर्थतन्त्र सकारात्मक कि नकारात्मक ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
अर्थतन्त्र सकारात्मक कि नकारात्मक ?

वास्तविकतालाई ढाकछोप नगरी सुधार गर्नु आवश्यक 

 

सरकार अर्थतन्त्र बलियो हुँदै गएको दाबी गरिरहेको छ । अर्थतन्त्रको आकार पनि बढेको देखाइएको छ । आर्थिक वर्ष २०७५/७६ सम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३४ खर्ब रूपैयाँ नाघिसकेको सरकारी तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्षमा जीडीपीको आकारमा साढे ८ प्रतिशतले बढोत्तरी हुने अपेक्षा सरकारको छ । तर, विकास साझेदारहरूले सरकारको यो अनुमानलाई पत्याएका छैनन् । हालै अन्तरराष्ट्रिय मुद्राकोषले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने अनुमान गरेको समाचार सञ्चारमाध्यममा आएका छन् । विश्व बैंक र एशियाली विकास बैंकका प्रक्षेपण पनि सरकारी अनुमानभन्दा कम नै देखिन्छन् ।

निर्यातमा पाम आयलको योगदानलाई हटाउने हो भने यस वर्षको ६ महीनाको निकासी समीक्षा अवधिको तुलनामा ६ करोड रूपैयाँले घटेको देखिन्छ ।

सरकारी आँकडाले जे भने पनि अर्थतन्त्रको व्यावहारिक धरातललाई हेरौं, अर्थतन्त्रमा सबैभन्दा बढी योगदान विप्रेषणको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा देखिएका समस्याका कारण यसको समग्र आकार बढे पनि वृद्धि दर खुम्चिएको छ । विश्व अर्थराजनीतिमा देखिएका आरोह अवरोहले वैदेशिक रोजगारीको आयको निरन्तरतामा आशंका उत्पन्न भइरहेको छ । हामी भने अदक्ष जनशक्ति बाहिर पठाएर त्यसको आयमा अर्थतन्त्र चलाउने ध्याउन्नमा एकोहोरिएका छौं । सरकारी तथ्यांकले कृषिको उत्पादन बढेको देखाउँछ । तर, कृषिको न्यून उत्पादकत्व र घट्दो आकर्षणका कारण खेतीयोग्य जमीन बाँझै छोडेर युवाशक्ति पलायन भइरहेको छ । अर्बौं रूपैयाँको खाद्यान्न नभित्रिए नेपालीको भान्छा चल्दैन । 

...

Read More
  • MBL