निजी स्तरको बैंक सरह सरकारी बैंकमा पनि सुविधा दिन सेवाग्राहीहरुको अनुरोध


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
निजी स्तरको बैंक सरह सरकारी बैंकमा पनि सुविधा दिन सेवाग्राहीहरुको अनुरोध

गुलरिया, १० माघ । निजी बैंकहरु सरह सहज सेवा सेवा पु-याउन तर्फ ध्यान दिन सेवाग्राहीहरुले राष्ट्रिय बाणिज्य बैंकलाई आग्रह गरेका छन ।

राष्ट्रिय बाणिज्य बैंक गुलरिया शाखाले ५५ औं बर्षगाँठको अवसरमा आयोजना गरेको अन्र्तक्रियात्मक कार्यक्रममा सेवाग्राही तथा सरोकारवाला निकायहरूले सेवामा पहुँच पु-याउन आग्रह गरेका हुन ।कार्यक्रममा उपस्थित कर्जा होल्डरहरूले निजी स्तरका बैंक सरह सरकारी बैंकमा पनि सुविधा दिन अनुरोध गरेका थिए ।

कार्यक्रममा लेखापढी व्यवसायी संघ बर्दियाका अध्यक्ष घनश्याम सिग्देलले बैंकमा सेवाग्राहीले चेक साटदा सहज तरिकाले काम हुनु पर्ने बताउनु भयो । सरकारी स्तरबाट सञ्चालन भएको बाणिज्य बैंकमा पछिल्लो समय छिटो छरितो तरिकाले काम हुनु पनि खुसीको कुरा भएको स्थानीय व्यापारी तारानाथ पौडेलले बताउनुभयो ।

Read More
  • MBL