समता लघुवित्तको नाफा २५७ प्रतिशतले वृद्धि



Aarthik News

काठमाडौं । चालू आवको पुस मसान्त सम्ममा समता लघुवित्त वित्तीय संस्थाको नाफा २५७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. २ करोड ५८ लाख नाफा कमाएको हो । यो नाफा गत आवको सोही अवधिमा रू. ७२ लाख १७ हजार नाफा कमाएको थियो । 

चालू आवको पुस मसान्त सम्ममा रू. २ करोड ५९ लाख  खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापक सफल भएकाले नाफामा वृद्धि भएको हो । पुस मसान्त सम्ममा कम्पनीले रू. ५ करोड ४८ लाख खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा रू. १ करोड ४६ लाख रहेको छ ।

  कम्पनीको चुक्ता पूँजी रू. १९ करोड ११ लाख छ । यस वर्ष कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको हो । रिर्जभ कोषमा रू. ९ करोड १५ लाख छुट्याएको छ ।

Read More
  • Financial Notices