एभरेष्ट बैंकमा अध्यक्ष श्रेष्ठको खतरनाक काण्ड !


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
एभरेष्ट बैंकमा अध्यक्ष श्रेष्ठको खतरनाक काण्ड !

अर्थ संसार, काठमाण्डौं – नेपाल राष्ट्र बैंकले केही समयअघि एभरेष्ट बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो । लाभांश वितरणमा  रोग लगाउनुको एउटै कारण थियो, बैंकको अध्यक्ष बीके श्रेष्ठको नाउँमा राष्ट्र बैंकले तोकेको भन्दा अधिकतम संस्थापक सेयर हुनु । सोहीकारण राष्ट्र बैंकले एभरेष्ट बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो ।
नेपाली बैंकिङ क्षेत्रमा निकै नै बुढो र चतुर अध्यक्षको रुपमा चिनिएका श्रेष्ठ आफ्नो नाउँमा दढी अनुपातमा रहेको सेयर परिवारको अन्य सदस्य र आफन्तहरुको नाउँमा नामसारी गरे । राष्ट्र बैंकको ऐन नियमको धज्जी उडाउँदै आएका श्रेष्ठले उक्त समय आफ्नी कान्छी श्रीमती राधा श्रेष्ठ र भाई नेपालकृष्ण श्रेष्ठको नाममा रहेको सेयर आर्का नातेदार प्रतिमा श्रेष्ठको नाममा नामसारी गराएका थिए ।
त्यतिबेला राधा र नेपालकृष्ण श्रेष्ठको नाममाहेको बैंकको ७२ लाख ३६ हजार तीनसय ७५ कित्ता सेयर प्रतिमाको नाममा बिक्री गएिको थियो । प्रतिसेयर दई सय ६५ रुपैयाँको दरले एक अर्ब ९१ करोड ७६ लाख ३९ हजार तीन सय ७५ रुपैयाँको एभरेष्टको संस्थापक सेयर कारेबार भएको नेप्सेको रेकर्डमा देखिन्छ ।
ब्रोकर नं. ४९ को अनलाइन सेक्युरिटिज र ब्रोकर नं. ५४ को नासा सेक्युरिटिजमार्फत दुईपटकमा यो कारोबार भएको हो । यी दुई ओटा कारोबारमा मात्रै श्रेष्ठले नौ करोड रुपैयाँभन्दा धेरैको कर तिर्नु परेको थियो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको सेयर प्रतिकित्ता दुई सय ६५ रुपैयाँमा कारोबार भएको मुनाफा देखिने प्रतिकित्ता एक सय ६५ रुपैयाँको सात दशमलव पाँच प्रतिशत पुँजीगत लाभकर बिक्री गर्नेले तिर्नुपर्नै हुन्छ ।

Read More
  • EBL