आरएमडीसी लघुवित्तद्वारा नगद लाभांश वितरण गर्न शुरु


  • KBL Ad
आरएमडीसी लघुवित्तद्वारा नगद लाभांश वितरण गर्न शुरु

माघ १, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश वितरण गर्न शुरु गर्ने भएको छ । कम्पनीको पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाले १२ दशमलव ५० प्रतिशत नगद लाभांश र १२ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले पुस १० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा आज (बुधवार)देखि उक्त लाभांश जम्मा गर्न लागेको हो । सो मिति पछि बैंक खाता अद्यावद्यिक गराएका शेयरधनीको हकमा पनि नगद लाभांश बैंक खातामा नै जम्मा गरिदिने कम्पनीले उल्लेख गरेको छ ।

हालसम्ममा पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले यथाशिघ्र आफूले डिम्याट खाता खोलेको सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  
 

Read More
  • EBL