अमेरिकी बजेट घाटा १० खर्ब डलरमाथि


Aarthik Abhiyan 2076-9-29


Aarthik Abhiyan

पुस २९, वाशिङ्टन डीसी (अमेरिका) । गत वर्ष अमेरिकी बजेट घाटा १० खर्ब डलरमाथि पुगेको छ । 

अमेरिकी अर्थमन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत वर्ष १० खर्ब २० अर्ब डलर बजेट अभाव भएको छ । 

सन् २०१८ को तुलनामा यो १७ दशमलव १ प्रतिशत बढी हो । बजेट घाटा समीक्षा अवधिमा सन् २०१२ यता पहिलो पटक १० खर्ब डलर माथि उक्लिएको छ ।

 चालू आवमा पनि घाटा १० खर्ब माथि नै रहने अनुमान गरिएको छ । घाटा बढेसँगै अमेरिकाको राष्ट्रिय कर्जा पनि बढेर २३२ खर्ब डलरमा उक्लिएको छ । 

Read More
  • Financial Notices