युनाइटेड फाइनान्स एजीएमः ७.५२% नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने


Rato Pati 2076-9-29


Rato Pati

काठमाडौं– युनाइटेड फाइनान्स लिमिटेडको २५औं बार्षिक साधारण सभा पुस २९ गते कम्पनिका अध्यक्ष वसन्त कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । अध्यक्ष चौधरीले प्रस्तुत गरेको कम्पनीको आ.व.२०७५/७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भएको छ । उक्त साधारण सभाले कम्पनीको आ.व.२०७५/७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्नुका साथै गत आ.व. को मुनाफाबाट शेयरधनिहरुलाई ७.५२% नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको  छ । सोहि साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चौधरी, राहुल ईन्फ्रास्ट्रक्चर (प्रतिनिधि रोशन अधिकारी), एम.ए. डव्लु इन्टरप्राइजेज (प्रतिनिधि विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिष कुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित पनि भएका छन् ।

Read More
  • Financial Notices