भारतमा ५ वर्षकै उच्च मूल्यवृद्धि, नेपालमा कस्तो असर?


Setopati 2076-9-29


Setopati

भारतमा महंगी अत्याधिक बढेको देखिएको छ। भारत सरकारले सोमबार सार्वजनिक गरेको रिपोर्टमा पछिल्लो समय मूल्यवृद्धि उच्च देखिएकाे 

भारतीय संचार माध्यमका अनुसार डिसेम्बरको अन्तसम्ममा भारतमा देखिएको मूल्यवृद्धि पछिल्लो ५ वर्षकै सबैभन्दा उच्च हो।
डिसेम्बरसम्मको तथ्याङकमा भारतमा खुद्रा महंगी दर ७.३५ प्रतिशत पुगेको छ। नोभेम्बरसम्म ५.५४ प्रतिशतमा रहेको महंगी एक महिनामा तीब्र भएको छ।

उक्त अवधिमा सबैभन्दा बढी तरकारीको मूल्य बढेको रिपोर्टमा उल्लेख छ। यसबीचमा तरकारीको मूल्य ६०.५ प्रतिशतले बढेको छ। प्याजको मूल्यमा भएको उच्च वृद्धिले तरकारीको मूल्य बढेको रिपोर्टमा बताइएको छ। गत सिजनमा प्याजको उत्पादन ४० प्रतिशतसम्म कमी आएपछि भारतमा प्याजको मूल्य बढेको थियो।

तरकारीकै मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि देखाएको भारतीय अर्थशास्त्रीहरुले बताएका छन्। तरकारी बाहेक खाद्यान्नको मूल्यवृद्धि पनि १४.१२ प्रतिशतले बढेको छ। तर, पेट्रोलियम पदार्थ तथा उपभोग्य अन्य वस्तुमा भने मूल्यवृद्धि देखिएको छैन।

Read More
  • Financial Notices