१ अर्ब ३२ करोड नगद लाभांश दिने जलविद्युत् कम्पनीको निर्णय


Karobar Daily 2076-9-29


Karobar Daily

सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसिएल) ले १ अर्ब ३२ करोड रुपैयाँ बराबर नगद लाभांश दिने भएको छ । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसिएल) ले १ अर्ब ३२ करोड रुपैयाँ बराबर नगद लाभांश दिने भएको छ । सञ्चालक समितिको प्रस्ताव अनुसार सोमबार भएको कम्पनीको ८औं वार्षिक साधारणसभाले पारित गरेसँगै सेयर लगानीकर्ताहरुले सो नगद लाभांश पाउने भएका हुन् । कम्पनीले गत आर्थिक वर्षमा १० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो ।आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश दिने भएको सोमबार कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा सचिव दिनेश घिमिरेले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।
 कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ५९.३ प्रतिशतले ऋण प्रवाह वृद्धि गरी थप १ अर्ब २८ करोड रुपैयाँ पु-याएको छ । कम्पनीका अनुसार, हालसम्म कम्पनीले १३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । समीक्षा अवधिको कूल आम्दानीमा अघिल्लो वर्षको तुलनामा गत आवमा ३२.८ प्रतिशत र सोही अवधिको खुद मुनाफा ३५.६ प्रतिशतले बढेर गत आवमा १ अर्ब १० करोड रुपैयाँ आर्जन भएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार, बोनस सेयरपछि हुने पुँजीको शतप्रतिशत बराबरको ११ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने तयारी भइरहेको छ ।

Read More
  • Financial Notices