सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता

पुस २८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । उक्त दुवै कम्पनीले प्राप्ति गर्ने अन्मित सम्झौतामा सोमवार हस्ताक्षर गरेका छन् ।

सिटिजन्स बैंकले  ख वर्गको सहयोगी विकास बैंकलाई प्राप्तिगर्ने गरी अन्तिम सम्झौतामा  सिजिन्स बैंकका संचालक प्रवलजंग पाण्डे र सहयोगी विकास बैंकका तर्फबाट संचालक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरे ।

दुवै बैंकले आ—आफ्नो विशेष/ वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार शुरु गर्ने छन् ।

दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।

पौष २७ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रू.८३ अर्ब २४ करोड पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी रू.७३ अर्ब ९९ करोड पुग्नेछ । प्राप्तिपछि कम्पनीको  कुला शाखा ९९ ओटा हुनेछ ।

Read More
  • EBL Ad news