एनसीसी बैंक : कम्पनी विश्लेषण


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनसीसी बैंक : कम्पनी विश्लेषण

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी माघ १७ गते साधारणसभा आयोजना गरेको छ । माघ ६ गतेसम्म शेयर कायम गर्ने शेयरधनीले उक्त लाभांश पाउनेछन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३४ करोड ३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २० प्रतिशत कम हो । सो अवधिमा कम्पनीले रू. ४२ करोड ८७ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब १३ करोड छ । जगेडा कोषमा रू. २ अर्ब ७६ करोड छुट्ट्याएको छ । प्रतिशेयर आम्दानी रू. १६ दशमलव ७४, मूल्य आम्दानी अनुपात ११ दशमलव ७१ गुणा, तरलता अनुपात २४ दशमलव ५८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ३० छ ।  बिहीवार कम्पनीको शेयरमूल्य रू. २०९ कायम भएको छ ।

Read More
  • MBL