ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई बेबी वार्मर प्रदान


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौँ / ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत शिशुवा अस्पताललाई बेबी वार्मर प्रदान गरेको हो । 

बैंकले पोखरा महानगरपालिका वडा नं ३०-कास्कीस्थित शिशुवा अस्पताललाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हो। 

अस्पताललाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको बैंकले जनाएको छ । 

अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पोखरा क्षेत्रका प्रमुख विशाल लामिछाने र बैंकका तालचोक शाखा प्रबन्धक सागर मणि भण्डारीद्वारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नारायण ओझालाई सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

Read More
  • EBL