मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता मूल्य रू. २११९.७०


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सर्किट, प्रतिकित्ता मूल्य  रू. २११९.७०

असोज १४, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको १० मिनेटमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ११९ दशमलव ७० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २ हजार १९५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

Read More
  • EBL