इन्फिनिटी लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
इन्फिनिटी लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय सुर्खेतमा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सुर्खेत स्थित होटल बुलबुलेको सभाहलमा १६१ जना समुह अध्यक्षहरुको समुपस्थितिमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोवाईल बैंकिङसंग सम्बन्धित विषयमा प्रशिक्षित गरेका थिए । शाखामा भएका कुल १८२ वटा समुह मध्येबाट ३ वटा समुह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्य कमला दर्लामीलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि देवकोटाले बताए ।

Read More
  • EBL