नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले आगन्तुक रिसोर्टमा आकर्षक छुट पाउने


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले आगन्तुक रिसोर्टमा आकर्षक छुट पाउने

काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रिर्सोटबीच बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्यहरू र ग्राहकहरूलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । 

नेपाल बैंक र आगन्तुक रिसोर्टबीच फागुन १६ गते भएकोे सम्झौता बमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो । 

त्यसैगरी यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग, इन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको छ । 

Read More
  • EBL