Total Views:2402 Download Print

कुमारी बैंक फोन लोन स्कीम

कुमारी बैंक फोन लोन स्कीम is published by Kumar Bank Limited published on Official Page on 2077-10-5

कुमारी बैंक फोन लोन स्कीम

कुमारी बैंक फोन लोन स्कीम

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

कुमारी बैंक लि.मा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३०  दिनसम्मका लागि अधिकतम रु. १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन  सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने  छैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

ग्राहक महानुभावहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट  अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा कुमारी बैंक लि.ले  आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने विश्वास दिलाउन चाहन्छ ।

___________

KUMARI foneLoan

न धितो,न पुर्जा
फोनबाटनै लिऔं कर्जा !

के तपाईंसँग कुमारी बैंक लिमिटेडको मासिक तलब खाता छ ?

कर्जा लिने सोचमा हुनुहुन्छ त्यो पनि घरमै बसेर ?

कुमारी बैंक लिमिटेडले ल्याएको छ KUMARI fone Loan ! आफ्नो मासिक तलब खाता भएका कर्मचारीहरुले अब सजिलै कुमारी स्मार्ट प्रयोग गरी नै सजिलै कर्जा प्राप्त गर्न सक्नुहुनेछ । *

*सर्त लागुहुनेछन्

डिजिटल बैंकिङ प्रयोग गरौं, सङ्क्रमणबाट बचौं ।



View More by Kumar Bank Limited